यूएईमाथि पीएनजीको जित


काठमाण्डु – आईसीसी विश्वकप लिग-२ को अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्युगिनीले यूएईलाई पराजित गरेको छ । युएईको लिग २ मा पिएनजीसँग लगातार चौथो हार हो ।

कीर्तिपुरस्थित टियु मैदानमा पीएनजीले ५६ रनको जित हात पारेको छ । जितको लागि २ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको युएई ४२.२ ओभरमा १ सय ९० रनमा अल आउट भयो ।

यो हारसँगै युएईको लिग टू को शीर्ष ३ मा रहेर सिधा विश्वकप छनोट हुने सम्भावना औपचारिक रुपमा समाप्त भएको छ । विश्वकप छनोटका लागि युएईले छनोट प्लेअफ खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement