काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष आग्रहमा नेपाल दूरसञ्चार प्रधाकिरणले पब्जी खेल प्रतिबन्ध गरेको छ । दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए ।
प्रहरीको आग्रहमा प्राधिकरणले आजैबाट इन्टरनेट सेवा प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्न निर्देशन दिएको छ । यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो ।




प्रतिक्रिया