काठमाण्डु – पोखरामा स्कुल बस दुर्घटनामा परी मृत्यु भएका पाँच जनामध्ये चार जनाको पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका १२ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
पहिचान खुल्नेमा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय बाबुराम तिवारी र १५ वर्षीया सुवेच्छा तिवारी छन् । अर्की मृतक अन्दाजी १५ वर्षीया किशोरीको पहिचान खुल्न बाँकी रहेको छ ।
दुर्घटनामा परेका १७ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये १६ वर्षीया अस्मी कँडेलको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ ।
अन्य घाइतेमा १३ वर्षीया सोनिया तिवारी, १४ वर्षीया स्नेहा खत्री, १३ वर्षीय अंकित पराजुली, १५ वर्षीया स्मृति खत्री, १४ वर्षीया सुप्रिया आचार्य, १५ वर्षीया मेरिना तिवारी र १४ वर्षीया आकृति बुढाथोकी छन् ।
त्यस्तै, ३१ वर्षीय अर्जुन शाही, १६ वर्षीय यमन मगर र ५७ वर्षीय तुलबहादुर गुरुङको पनि अस्पतालमा उपचार भइरहेको छ ।



प्रतिक्रिया