काठमाण्डु–नेपाल प्रिमियर लिग (एनपिएल)को आठऔं खेलमा पोखरा एभेन्जर्सले जनकपुरलाई १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर व्याटीङ गरेको पोखराले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन जोड्यो ।
पोखराका लागि म्याथु क्रिस्टले सर्वाधिक ३५ रन जोडे भने माइकल लिस्कले २५, दिनेश खरेल १०, रेमोन रेफर १७, दिलीप नाथले ११, कुशल भुर्तेलले ६ रन जोडे ।
जनकपुरका लागि ललित राजवंशीले ३, जेम्स निसमले २, मोहम्मद मोहसिन र किशोर महतोले समान एक एक विकेट लिए ।
प्रतिक्रिया