पाेखराकाे नगरसभा बहिष्कार गर्दै एमाले जनप्रतिनिधिले च्याते रातो किताब


पाेखरा –पोखरा महानगरपालिकामा नेकपा एमालेका जनप्रतिनिधिहरुले नगरसभा बहिस्कार गरेका छन् ।पाेखरा महानगरले शुक्रबार आगामी वर्षका लागि बजेट ल्याउँदैछ ।

दलकाे नेता राधिका शाहीले राताे किताब बजेट अघि नै आएकाे बिराेध जनाइन् । त्यसपछि नाराबाजी सुरु भयाे । `बजेट निर्माणमा हामीसँग छलफल र समन्वय भएकाे छैन,´ उनले भनिन्, `राताे किताब कसरी आयाे आजै ?´

उनले बैठक चल्न नदिने बताएपछि स्थगित भएकाे छ । मेयर धनराज आचार्यले भने राताे किताब नभई ड्राफ्ट मात्र बनाएकाे बताए । `याे राताे किताब हैन, ड्राफ्ट हाे । छलफल पछि मात्र पास हुन्छ,´ उनले भने । शाहीले राताे किताब च्यातिदिएकी छिन् । अहिले सभागृह अगाडि नाराबाजी चलिरहेकेा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement