काठमाण्डु – पोखरामा अलपत्र परेका यात्रुलाई प्रहरीले स्कर्टिङ्ग गरेर गन्तव्यसम्म पुर्याएको छ ।
सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गते देखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि पोखरामा अलपत्र परेका यात्रुहरूलाई आइतबार प्रहरीको सहयोगमा पर्यटक बसमा स्कर्टिङ्ग गरेर गन्तव्यमा पुर्याउन लागिएको हो ।
सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट जिल्लाको सिमाना कोत्रेसम्म स्कर्टिङ्ग गर्रिको छ । त्यस्तै त्यहाँबाट नं. २३ मनकामना गण तनहुँले स्थानीय नेपाल प्रहरीसहित स्कर्टिङ्ग गरी मुग्लिनसम्म ल्याउनेछ ।
गण्डकी प्रदेश र बागमती प्रदेशको सिमानासम्म स्कर्टिङ्ग गरी यात्रुहरूलाई सुरक्षित रुपमा उनीहरूको गन्तव्य स्थानसम्म पुर्याइने छ । २५ वटा बस चितवन र काठमाडौंको लागि छुटेका हुन् ।
शनिबार शिक्षक सेवा आयोगको परीक्षा दिन पोखरा आएका करिब १५ सय परीक्षार्थीलाई पनि प्रहरीको स्कटिङमा पर्यटक बस र स्कुलमा मुग्लिन पठाइएको छ ।
प्रतिक्रिया