पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोलीका श्रीलंकन् खेलाडीमा नजर

पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोलीका श्रीलंकन् खेलाडीमा नजर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच भिडन्त हुँदैछ ।

सुदूरपश्चिम र पोखराबीचको खेल बेलुका ५ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

पोखराले पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । उद्घाटन खेलमा सुदूरपश्चिम साविक उपाधि विजेता लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो ।

आजको खेलमा पोखरालाई हराएर खाता खोल्ने दाउमा सुदूरपश्चिम रहेको छ भने पहिलो खेलबाटै सुखद् सुरुवात गर्ने तयारीमा पोखरा रहेको छ ।

यी २ टोलीलेनै विदेशी खेलाडीलाई मैदान उतार्दै छ ।

सुदूरपश्चिम र पोखरा दुबै टीममा श्रीलंकन खेलाडी समावेश भएका छन् । पोखराले श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समिराविक्रमालाई पनि टीममा समावेस गरेकाे छ भने श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले सुदूरपश्चिम रोयल्सबाट खेल्दै छन् ।

३१ वर्षीय सदिरा दायाँ हाते ब्याटर रहेका छन् । विकेटकिपर ब्याटर सदिरा समिराविक्रमाले श्रीलंकाका लागि तीनवटै फर्म्याटमा खेलिसकेका छन् । उनले श्रीलंकाका लागि ९ टेस्ट, ५५ ओडीआई र १९ टी २०आई खेलिसकेका छन् ।

सदिरा तेस्रो सिजनका लागि पोखराले अनुबन्ध गरेका तेस्रो श्रीलंकन र समग्रमा छैटौं विदेशी खेलाडी हुन् । पोखराले यसअघि नै दोस्रो सिजन पनि खेलेका श्रीलंकन ब्याटिङ अलराउण्डर धनञ्जय लक्षणलाई निरन्तरता दिँदा पेस बलिङ अलराउण्डर चमिका करुणारत्नेलाई तेस्रो सिजनका लागि अनुबन्ध गरिसकेको छ ।

यता ३० वर्षीय रत्नायके बायाँहाते ब्याटर हुन् । उनी दायाँहाते अफ स्पिन र बायाँहाते स्पिन दुवै प्रकारले बलिङ गर्न सक्छन् । दुवै हातले बलिङ गर्न सक्ने क्षमताका कारण उनी फरक शैलीका बलरका रूपमा परिचित छन् ।

रत्नायकेले श्रीलंकाका लागि चार टी–२० अन्तरराष्ट्रिय खेल खेलेका छन् । त्यसमा उनले छ विकेट लिएका छन् भने ब्याटिङमा ७७ रन बनाएका छन् । उनको टी–२० अन्तरराष्ट्रियमा उच्च स्कोर ६५ रन हो । घरेलु तथा अन्य टी–२० प्रतियोगितामा उनले ८८ खेल खेल्दै ९८ विकेट लिएका छन् ।