शिक्षाको गुणस्तरले मात्र देश समृद्ध बनाउन सकिन्छः डिआईजी पोखरेल


काठमाडौं – महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलको प्रमुख आतिथ्यमा नेपाल प्रहरी बिद्यालय सामाखुशीको २२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सोही बिद्यालयमा आयोजित एक समारोह बीच शुक्रबार सम्पन्न भएको छ ।

सो अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले बिद्यालयको मुखपत्र ‘दिप्तिका २०७६’ को विमोचन समेत गरे । साथै उनले खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरु, उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी एवं शिक्षकहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरे ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पोखरेलले शिक्षाको गुणस्तरले मात्र देश समृद्ध बनाउन सकिने उल्लेख गर्दै शिक्षालाई समयानुकूल परिमार्जन गर्दै लैजानुपर्ने बताए । विद्यार्थीहरुले भविष्यमा देश निर्माणमा अहम भूमिका निर्वाह गर्ने चर्चा गर्दै उनले अभिभावकहरुले विद्यार्थीको गुणस्तरिय शिक्षाको लागि आफ्नो घरमा पनि शैक्षिक वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

विद्यालयले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षा तथा अबलम्बन गरेको वैज्ञानिक शिक्षण प्रणालीले आफु निकै उत्साहित भएको साथै यसै स्तरको शैक्षिक वातावरण कायम राख्न विद्यालय व्यवस्थापन समितिलाई निर्देशन समेत दिए ।

बिद्यालयका प्राचार्य हरिस प्रकाश भट्टले विद्यालयको बार्षिक गतिविधि एवं स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा पूर्व मुख्य न्यायाधिश केशरीराज पण्डित, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, पूर्व प्राचार्यहरु, पूर्व समादेशकहरु, अभिभावकहरु समेतको उपस्थिती रहेको सो कार्यक्रममा विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरी कार्यक्रममा थप मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement