काठमाण्डु- पश्चिम नवलपरासीमा पोखरीमा डुबेर दाजुभाइको मृत्यु भएको छ ।
सुनवल नगरपालिका–६ पुलटोलका विष्णु कुँवरका २ छोराहरू १० वर्षका विप्सन र ८ वर्षका दिप्सनको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।
शुक्रबार पोखरीमा एक बालक तैरिहरेको स्थानीयले खबर गरेपछि खोजी गर्न जाँदा अर्का बालकको पनि शव तैरिएको अवस्थामा फेला परेको थियो ।
मृतक बालकहरु स्थानीय जनसेवा माध्यमिक विद्यालयमा कक्षा २ र कक्षा ४ मा अध्ययनरत थिए । उनीहरु पौडी खेल्न गएको बेला डुबेको हुन सक्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया