काठमाण्डु – झापाको अर्जुनधारा नगरपालिका–११ मा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।
नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरु शनिबार पौडी खेल्न सामुदायिक वनभित्रको पोखरीमा गएका थिए । स्थानीय बासिन्दाले पोखरीमा डुबेको थाहा पाएपछि उद्धार गरेर उपचारका लागि बिर्तामोडको बिएन्डसी अस्पताल पुर्याएका थिए । तर, डाक्टरले उनीहरुलाई मृत घोषणा गरेको थियो ।
प्रतिक्रिया