यसरी मनाइयाे १३ औँ महानगरीय प्रहरी दिवस


काठमाडाैं–  १३ औँ महानगरीय प्रहरी दिवस -२०७५ को अवसरमा अाइतबार  कार्यशाला गोष्ठी सम्पन्न भएकाे छ।

 महानगरीय प्रहरी कार्यालय रानीपोखरीको आयोजनामा नेपाल पुलिस क्लव भृकुटीमण्डपमा भएकाे गाेष्ठीमा मुलुकी अपराध संहिता ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ र फौजदारी कसुर (सजाय निर्धारण) तथा कार्यान्वयन ऐन २०७४ कार्यान्वयनमा आए पश्चाकत कार्य क्षेत्रमा देखा परेका समस्याहरु र समाधानका उपायबारे छलफल भएकाे थियाे।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले अन्तरकृयाका क्रममा उठेका जिज्ञासाहरुको सम्बोधन गर्दै वैज्ञानिक र प्रमाणमुखी अनुसन्धान पद्दतिका माध्यमबाट कानुनी शुसासन सु-निश्चित गर्न सरोकारवाला निकायहरुबीच आपसी सहयोग र समन्वय हुनुपर्ने कुरामा जोड दिए।  कानुन कार्यान्वयनमा देखा परेका समस्याहरुको समाधानमा यो गोष्ठी उपयोगी हुने उनले बताए।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले उक्त गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्दै कार्यक्रम सम्बन्धि जानकारी समेत दिएकी थिइन्।

काठमाण्डौ, ललितपुर र भक्तपुरका जिल्ला न्यायाधिवक्ताहरु, प्रहरी परिसर प्रमुखहरु, प्रहरी वृत्त प्रमुखहरु र अनुसन्धान अधिकृतहरुसमेत ५० जना सहभागी रहेको उक्त कार्यक्रममा प्रस्तुत गरिएका कार्यपत्रहरु उपर महान्यायाधिवक्ताको कार्यालयका सह-न्यायाधिवक्ता गिता प्रसाद तिमिल्सिना र नेपाल बार एसोशिएसनका उपाध्यक्ष मोती राम गौतमले टिप्पणी गरेका थिए।

भक्तपुर जिल्लाका जिल्ला न्यायाधिवक्ता चन्द्र कुमार पोखरेल र महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement