टर्कीको प्रहरी मुख्यालयमा आतंककारी हमला


काठमाण्डु – टर्कीको राजधानी अंकारास्थित प्रहरी मुख्यालयमा आतंककारी हमला भएको छ ।

आईतबार बिहान ९ बजेतिर भएको हमलामा कति व्यक्तिलाई क्षति भयो भन्ने खुलेको छैन ।

टर्कीका गृहमन्त्री अली एरलिकायाले सामाजिक सञ्जालमार्फत प्रहरी मुख्यालयमा हमला भएको पुष्टि गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हमलापछि प्रहरीसँगको भिडन्तमा २ जना आतंककारीको मृत्यु भएको जनाइएको छ । टर्कीमा आजबाट गर्मी बिदा सकिएर संसद्को अर्काे सत्र सुरु हुन गइरहेको थियो । संसद् भवन र गृह मन्त्रालय नजिकै हमला भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement