त्रिभुवन विमानस्थलमा कार्यरत ५४ जना प्रहरीलाई एकसाथ हटाइयो


काठमाण्डु- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि खटिएका ५४ जना प्रहरी कर्मचारीलाई एकसाथ हटाइएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षदेखि १६ वर्षसम्म विमानस्थलमै बसेका प्रहरी कर्मचारीलाई त्यहाँबाट हटाइएको हो ।

उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले लमो समय विमानस्थलमा बसेका प्रहरी कर्मचारीलाई हटाइएको जानकारी दिए । थापाका अनुसार उनीहरुको ठाउँमा नयाँ टिम परिचालन गरिएको छ ।

जिम्मेवारीबाट हटाइएकामा प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्म छन् । उनीहरुलाई हटाएर नयाँ टोली पठाइसकिएको थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement