इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख नेपाल भ्रमणमा


काठमाण्डु- इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजीपी कृष्ण मुर्ती ५ दिने भ्रमणका सिलसिलामा मंगलबार नेपाल आएका छन् ।

६ सदस्यीय टोलीको नेतृत्व गरी आउनुभएका आइजीपी कृष्ण मुर्ती समेतको टोलीलाई प्रहरी नायव महानिरीक्षक जनक भट्टराई लगायतका प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गरेका थिए ।

भ्रमणको क्रममा आइजीपी कृष्ण मुर्ती सहितको टोली नेपाल प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन लगायतका स्थानमा आयोजना हुने समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।

विशेषत उनीहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका तालिम केन्द्रहरूको अवलोकन र संयुक्त राष्ट्र संघको शान्ति मिसनसँग सम्बन्धित विषयमा केन्द्रीत हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement