प्रहरीमा एआईजीको सरुवा र पदस्थापन, कसलाई कहाँको जिम्मेवारी ?


काठमाण्डु – सरकारले नेपाल प्रहरीका ४ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा र पदस्थापन गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सरुवा र पदस्थापनको निर्णय गरेको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारको निर्णयअनुसार एआईजी टेकप्रसाद राईलाई प्रशासन विभाग, उमेश जोशीलाई प्रदेश समन्वय विभाग, भीम ढकाललाई मानव स्रोत विभाग, सुदिप गिरीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा जिम्मेवारी दिइएको छ ।

महानगरीय प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र अपराध अनुसन्धान विभागको नेतृत्व यथावत् राखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement