सवारी चालक उन्नत तालिम उद्‍घाटन


काठमाडौं – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने ११औं समूहको सवारी चालक उन्नत तालिम (यान्त्रिक ज्ञान) को उद्‍घाटन गरिएको छ । सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तमलाल प्रधानले शुक्रबार एक कार्यक्रमबीच उद्‍घाटन गरेका हुन् ।
उक्त अवसरमा प्रहरी बरिष्ठ उपरीक्षक प्रधानले समय सापेक्ष नेपाल प्रहरीका दक्ष सवारी चालक तथा मेकानिक्स उत्पादन गर्नुका साथै नविन प्रविधि र अभ्यासको बारेमा जानकारी गराई थप योग्य जनशक्ति उत्पादन गर्ने तालिमको लक्ष्य रहेको बताए । साथै तालिममा सहभागी प्रशिक्षार्थीहरुले जान्ने र सिक्ने ईच्छा शक्तिको विकास गरी बढी भन्दा बढी ज्ञान, सिप हासिल गर्न समेत उनले अनुरोध गरे ।

कार्यक्रममा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी निरिक्षक अनुप श्रेष्ठले कूल ३० कार्य्दिन रहेको उक्त तालिममा ३७ जना प्रहरी जवानहरुको सहभागिता रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement