प्रहरीका एआईजीको सरुवा गर्ने सरकारको निर्णय, को कहाँ ?

प्रहरीका एआईजीको सरुवा गर्ने सरकारको निर्णय, को कहाँ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षकहरू (एआईजी) हरूको सरुवा गर्ने निर्णय गरेको छ ।

प्रहरी प्रधान कार्यालयको सिफारिस र गृह मन्त्रालयको प्रस्तावमा सरकारले एआईजी सरुवा सम्बन्धी निर्णय गरेको छ ।

भर्खरै एआईजीमा बढुवा भएका रामदत्त जोशीलाई सरकारले प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्सालमा पदस्थापन गरेको ।

काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) का प्रमुख दीपक थापालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख बनाइएको छ ।

प्रहरी प्रधान कार्यालय कार्य विभागमा रहेकी किरण बज्राचार्यलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पठाइएको छ । सीआईबी प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा सरुवा गरिएको छ ।