अपराध अनुसन्धानको क्षेत्रका चुनौती सामना गर्न कार्ययोजना : ठूले राई


काठमाडौं – प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त
महानिरीक्षक ठूले राईले अपराध अनुसन्धानको क्षेत्रमा अभाव भएका योजनालाई अपराध अनुसन्धान कार्ययोजनाले पुरा गरी अपेक्षित उपलब्धी हासिल गरेको बताएका छन् ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित त्रिवर्षीय अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत एक दिवसीय समिक्षा कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधान गर्दै आगामी दिनमा समेत अपराध अनुसन्धानको क्षेत्रका चुनौती सामना गर्न कार्ययोजना सक्षम हुने विश्वास व्यक्त गरे ।

उनले अपराध अनुसन्धानका क्षेत्रलाई सुधार गर्दै प्रभावकारी रुपमा अगाडि बढ्ने बताए ।अनुसन्धान तथा अभियोजन समेतका कार्यलाई सुदृढ एवं समयानुकूल आधुनिकीकरण गर्नका लागि कार्ययोजना माध्यम भएको चर्चा गर्दै राईले कार्ययोजना सफल कार्यान्वयन गरी नागरिकको चाहना र राज्यको उद्धेश्य पुरा गर्न सरोकारवाला निकाय सक्रिय सहभागिता र रचनात्मक सुधार गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले नेपाल प्रहरीले अनुसन्धानको क्षेत्रमा एउटा विशेष स्थान राख्न सकेको बताए । कार्यक्रमको उद्धेश्यमाथि

प्रकाश पार्दै उनले अपराध अनुसन्धानको क्षेत्रमा भएको महत्वपूर्ण लगानी कार्यान्वयनको अवस्था र प्रतिफलको लेखाजोखा, आगामी कार्य्दिशा, सांगठनिक धारणा र प्रक्षेपण तय लगायतका विषयवस्तुमा कार्यक्रममा वार्षिक समिक्षा हुने उल्लेख गरे ।

“पीडितलाई न्याय तथा अपराधीलाई सजाय, आमनागरिकलाई सुरक्षाको भरोसा” भन्ने आदर्श वाक्य बोकेको अपराध अनुसन्धान कार्ययोजना २०७१ देखि लागू भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement