‘प्रहरी विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधि सभामा स्वीकृत

‘प्रहरी विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधि सभामा स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभामा सर्वसम्मतिले स्वीकृत भएको छ ।

विधेयक सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दै सभामुख देवराज घिमिरेले विधेयकमाथि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ११२ बमोजिम संशोधन पेश गर्न चाहने सांसदलाई संघीय संसद् सचिवालय सिंहदरबारमा पेश गर्नसक्ने जानकारी दिए ।

विधेयकमाथिको सामान्य छलफलका क्रममा सोमबार ६७ जना सांसदले आ–आफ्नो धारणा राखेका छन् । गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधि सभासमक्ष पेश गरेका थिए ।

मन्त्री लेखकले विधेयकमाथि उठेका प्रश्नको जवाफ दिएका छन् ।