काठमाण्डु– त्रिभुवन विमानस्थलमा एक युवकमाथि दुर्व्यवहार गर्ने ३ जना प्रहरी कारबाहीमा परेका छन्।
वैदेशिक रोजगारीबाट बिदामा फर्किएका मोरङका सञ्जय ओझामाथि दुर्व्यवहार गर्ने ३ जना प्रहरीलाई कारबाही गरिएको हो ।
उनीहरूलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा झिकाएर छानबिन तथा अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ ।
सो कार्यमा संलग्न ३ जनालाई विमानस्थल सुरक्षाबाट हटाइएको छ भने उनीहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाएर छानबिन तथा अनुसन्धान भइरहेको रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले जानकारी दिए ।
दूबईबाट ३१ चैतमा काठमाडौँ आएका ओझा विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि दुर्व्यवहारमा परेका थिए। उनीमाथि प्रहरीले गरेको दुर्व्यवहारको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।
१० दिनको बिदामा काठमाडौँ आएर विमानस्थलबाहिर निस्किँदै गर्दा एक कर्मचारीले उनलाई ट्रली बाहिर ल्याएको विषयमा गालीगलौच गरेका ओझाले बताएका छन्।
प्रतिक्रिया