प्रहरीका ११ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

प्रहरीका ११ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका ११ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

गृह मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले सूची प्रकाशित गर्दै लागूऔषध नियन्त्रण ब्युरो काठमाण्डुका एसएसपी सुदर्शन प्रसाद कोइरालालाई १ नम्बरमा सिफारिस गरेको छ ।

डीआईजीमा बढुवाका लागि क्रमशः बिनोद घिमिरे, दिपेन्द्र घर्ति क्षेत्री (जिसी), दिपक रेग्मी, माधब प्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दिपककुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, संजिब शर्मा दास, सुरेन्द्र बहादुर गुरुङ सिफारिस भएका छन् ।

हेर्नुहोस् बढुवा सिफारिस सूची –