प्रहरीका १४ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस

प्रहरीका १४ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रहरीको प्राविधिक समूहका १४ जना वरिष्ठ सईहरुलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ । बुधबार बसेको बढुवा समितिको बैठकले १४ जना वरिष्ठ सईहरुलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरेको हो ।

सिफारिस सूची प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले स्वास्थ्य उपसमूह नर्सिङतर्फ दुईजना वरिष्ठ सईलाई इनस्पेक्टरमा बढुवा गर्न सिफारिस गरेको जनाएको छ । बढुवा सिफारिस हुनेमा गीता बाराकोटी र निर्मला महत छन् ।

इन्जिनियरिङ उप समूहको आवास तथा भौतिकतर्फ दुईजना वरिष्ठ नायव निरीक्षक (सई) लाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेहरुमा चूडामणि विष्ट र प्रविण मचामसी छन् ।

इन्जिनियरिङ उप समूहको कम्युटरतर्फ ३ जना वरिष्ठ सईहरुलाई इन्स्पेक्टरमा बढुवा सिफारिस गरिएको छ सिफारिस हुनेमा कुन्दन कुमार झा, तीर्थराज खनाल र शान्ति शाक्य छन् ।

प्राविधिक समूहको सञ्चारतर्फ ४ जनालाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सञ्चारतर्फ सिफारिस हुनेमा विजय कुमार शाह, हिरासिंह विष्ट, लिला कुमार गोले र कुल बहादुर खड्का छन् ।