काठमाण्डु – नेपाल प्रहरीका ८ अतिरिक्त महानिरीक्षक (एआईजी) एकैसाथ नयाँ जिम्मेवारीमा खटाइएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जनपदतर्फ सबै एआईजीको एकसाथ सरुवा गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख डा. मनोज केसीलाई सरुवा गर्दै एआईजी उमाप्रसाद चतुर्वेदीलाई खटाइएको छ ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख ईश्वर कार्कीलाई मानव स्रोत विभागमा सरुवा गर्दै उपत्यकामा सुशील सिंह राठौरलाई ल्याइएको छ ।
अपराध अनुसन्धान विभागका एआईजी राठौरलाई सरुवा गरेर डा. मनोज केसीलाई विभागमा ल्याइएको छ ।
मानव स्रोत विभागका राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । प्रतिष्ठानमा कार्यरत सिद्धिविक्रम शाहलाई कार्य विभागमा सरुवा गरिएको छ ।
प्रदेश समन्वय विभागमा कार्यरत एआईजी डम्बर विकलाई प्रशासन विभागमा सरुवा गरिएको छ । प्रशासनमा कार्यरत हिमालयकुमार श्रेष्ठलाई प्रदेश समन्वय विभागमा ल्याइएको छ ।




प्रतिक्रिया