‘बेष्ट पुलिस अफ दी मन्थ’ उपाधिबाट दुई जना असई सम्मानित


विराटनगर – नेपाल प्रहरीका दुई जना प्रहरी सहायक निरीक्षक (असई) प्रदेश १ बाट कार्य सम्पादन मूल्यांकनबाट सर्वोत्कृष्ट घोषित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत दुर्गा पोमु लिम्बू र प्रदेश प्रहरी कार्यालय विराटनगरको क्षेत्रीय अनुसन्धान समूह (रिट) मा कार्यरत किरण मोक्तानलाई सर्वोत्कृष्ट घोषित गर्दै पुरस्कृत गरिएको हो । दुवैजनालाई पुस महिनाको ‘बेष्ट पुलिस अफ दी मन्थ’ उपाधिबाट सम्मानित गरिएको छ ।

अवैध हातहतियारसहित विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका कारण दुवैजना असईलाई सर्वोत्कृष्ट घोषित गर्दै पुरस्कृत गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement