नेपाल प्रहरीका दुई अधिकृत ‘संयुक्त राष्ट्र संघ वातावरणीय प्रवर्दन’ पुरस्कारबाट सम्मानित


काठमाण्डु – संयुक्त राष्ट्र संघको ‘वातावरणीय कार्यक्रम’बाट नेपाल प्रहरीका दुई प्रहरी अधिकृत सम्मानित भएका छन् ।

राष्ट्र संघले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत प्रहरी निरीक्षक सुदर्शन पन्थी र प्रहरी नायव निरीक्षक वीरेन्द्र सिंह जोहारीलाई ‘पाँचौं एसिया पर्यावरण प्रवर्तन पुरस्कार’बाट सम्मानित गरेको हो ।

उनीहरुले चीन, भारत र नेपालबीच सञ्चालित कुख्यात वन्यजन्तु तस्कर कुन्जोक छिरिङ तामाङलाई पक्राउ गर्न सफल भएका थिए ।

सन २००५ देखि फरार रहेका तामाङलाई यी दुई अधिकृतले नेपाल–चीन सीमाना नजिक ५ वटा बाघको छाला, ३६ वटा चितुवाको छाला र ११३ केजी बाघको हड्डीसहित पक्राउ गरेका थिए ।

राष्ट्र संघ वातावरणीय कार्यक्रमले वन्यजन्तु तथा प्लास्टिकको अवैध व्यापार लगायतका वातावरणीय अपराध रोक्न महत्वपूर्ण योगदान पुर्याउने प्रहरी अधिकृतलाई सम्मानित गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement