ड्युटिमा रहेका प्रहरीले मोबाइल चलाउन नपाउने


काठमाण्डु – ड्युटिमा रहेका प्रहरी कर्मचारीले मोबाइल फोन चलाउन नपाउने भएका छन् । मोबाइल चलाउँदा ड्युटीमा ध्यान केन्द्रीत नहुने भएपछि कमाण्डरबाहेक अन्य प्रहरीलाई मोबाइल प्रयोगमा रोक लगाएको हो ।

योसँगै अब प्रहरीले आफ्नो ड्युटी अवधिभर मोबाइल ‘साइलेन्स’ मोडमा राख्नुपर्ने नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए । उनका अनुसार कुनै प्रहरी मोबाइल चलाइरहेको अवस्थामा भेटिएको नियमावली बमोजिम कारबाही गरिने छ ।

सुरक्षा निकायका कर्मचारीले वाकीटकीमार्फत कुराकानी गर्ने गर्छन । तर, पर्याप्त वाकीटकी नभएकाले मोबाइल फोनबाट कुराकानी गर्नुपर्ने भएकाले ड्युटी अवधिभर फोन ‘साइलेन्स’ मा राख्न निर्देशन दिएको प्रवक्ता राइले बताए ।

पछिल्लो समय प्रहरीहरु पोशाकमै टिकटक, फेसबुकलगायत अन्य सामाजिक सञ्जालमा देखिन थालेकाले प्रहरी हेडक्वाटरले कडाई गरेको हो । ड्युटीमा कुनै प्रहरीले मोबाइल प्रयोग गर्नै परे कमाण्डरबाट अनुमति लिनुपर्ने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement