प्रहरीलाई आलमको धम्की : भारतबाट मान्छे ल्याएर आगो लगाउँछु


काठमाडौं – म विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका पूर्वमन्त्री तथा रौटहट २ का कांग्रेस सांसद मोहम्मद अफताव आलमले पक्राउका क्रममा प्रहरीसँग नै ‘मान्छे मार्ने’ धम्की दिएका छन्।

पक्राउको क्रममा उनले यस्तो धम्की दिएका हुन्। २ मिनेट २४ सेकेण्ड लामो भिडियोमा उनले भारतबाट मान्छे ल्याएर रौतहटमा आगो लगाउने धम्की दिएका छन् ।

आलम : तपाईंले मलाई ठट्टा ठान्नु भा’छ ? प्रहरी : कहाँ हामीले ठट्टा ठानेका छौँ हजुररु माननीयज्यूलाई हामी सम्मान गर्छौं। जय नेपाल, नमस्कार भनेका छौँ। आलम : (गाडीमा हात बजार्दै) हँ…यो जिल्लामा आग (आगो) लाग्छ, आग। प्रहरी : शान्तिसुरक्षा र कानुन कार्यान्वयन गर्नु तपाईंको पनि जिम्मेबारी हो नि। आलम : यो जिल्लामा आग लाग्छ। तपाईं हेर्दै जानुस्।

भारतबाट मानिस… (उनी आफ्नो मोवाइल फोन हेर्छन्) प्रहरी : त्यसो भन्न मिल्दैन हजुर। आलम : मैले वारात (विवाह) बाट आउँछु भनेर रिक्वेस्ट गरेँ। म तपाईंको के हो? म डकैत हुँ ? डकैतको व्यवहार गर्नु भा’छ तपाईंहरुले। प्रहरी : हैन माननीयज्यू। आलम : अब जिल्लाभर अशान्ति हुन्छ, आगो लाग्छ। … याे समाचार कान्तिपुर दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस
Advertisement