प्रहरीका असईले नै जुवा खालवाट रकम लुटेपछि …


काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाज र संगठन भित्र गलत काम गर्ने जोकोही प्रहरी अधिकृतलाई पनि बर्खास्त गर्ने चेतावनी दिइरहेका बेला राजधानीमै कार्यरत असईले जुवा खालबाट पैसा लुटेको भन्दै रकम फिर्ताका लागि जुवाडेको समूह प्रहरीकोमा पुगेको छ ।

म्हेपी अस्थायी प्रहरी बिटका इन्चार्ज असई बिचित्र थापा मगरको टोलीले सोमबार राती म्हेपी रेडन कलेज नजिकको घरमा जुवा चलिरहेको बेला छापा मारेको थियो। प्रहरी पोशाकमा रहेका थापा सादा पोशाकका चार युवकका साथ छापा मार्न त्यहां पुगेका थिए।

असई थापाले जुवाडे समुहलाई लुटेको पैसा फिर्ता गरिदिन महानगरीय प्रहरी अन्तर्गत रहेको प्रहरीको अपराध महाशाखाका अधिकारी समक्ष पुगेका हुन्। व्यक्तिगत चिनजानमा रहेकाहरुले पैसा लुटेको विवरण टिपाउने कार्य गरेको स्रोतले बतायो।

असई थापा नेतृत्वको टोली जुवाघरमा प्रवेश गरेपछि सोमबार मध्यराति भागदौड मच्चिएको थियो। त्यसपछि उनी खालमा रहेको रकम झोलामा हालेर त्यहाँबाट निस्किएका थिए। जुवाडेहरुले अपराध महाशाखाका प्रहरी अधिकारीलाई दिएको रिपोर्टअनुसार त्यहाँ १७ लाख रुपैयाँ थियो। पैसा फिर्ताका लागि जुवा खेलाउने समूहले असई थापासँग बार्गे्निङ गर्न थालेका थिए।

जुवा खेलाउने समूहले दुई लाख रुपैयाँ लिएर १५ लाख रुपैयाँ फिर्ता दिन अनुरोध गरेको थियो। असई थापाले पाँच लाख रुपैयाँ राखेर १२ लाख रुपैयाँ मात्र फिर्ता गरेका थिए। प्रहरी महानिरीक्षक खनालले सरकारले दिएको जिम्मेवारी र नागरिकको जीउधनको सुरक्षा गर्ने दायित्व इमान्दार र निष्ठापूर्वक बहन गर्न मातहतका निकायलाई निर्देशन दिदै आइरहेका बेला असई बिचित्र थापाले जुवाडे समुहलाई लुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement