गायिका आस्था राउतविरुद्ध प्रहरी जवान रमिता श्रेष्ठले दिइन् उजुरी


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले कलाकार आस्था राउतविरुद्ध उजुरी दिएकी छन् ।

विमानस्थलमा गायिका राउतले चेकजाँच गर्ने क्रममा आफूमाथि गालीगलौच र अभद्र व्यवहार गरेको भन्दै विमानस्थल प्रहरी जवान श्रेष्ठले सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् ।

श्रेष्ठले हालेको उक्त उजुरी कारबाहीका लागि विमानस्थल प्रहरी कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ ।

विमानस्थलमा एक महिला प्रहरीले ‘राष्ट्रिय कलाकार’माथि दुर्व्यवहार गरेको र अपशब्द प्रयोग गरेको भन्दै गायिका राउतले केही दिनअघि प्रहरीलाई गाली गर्दै फेसबुक लाइभ गरेकी थिइन् ।

उक्त लाइभमा गायिका राउतले प्रहरीलाई प्रहरी मेरो साथी भन्ने ‘स्लोगन’ हटाउन भन्दै प्रहरीमाथि खरो टिप्पणी समेत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement