वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकीमाथि आक्रमण, प्रहरीको बर्दी च्यातेर भागे


रुकुम – रुकुम पश्चिमको मुसिकोट नगरपालिका १३ का वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकीमाथि आक्रमण भएको छ । वडाध्यक्ष दिपक केसीको नेतृत्वको टोलीले वडा नम्बर १४ मा छिवाङ ज्युलामा रहेको प्रहरी चौकीमा मंगलबार राति तोडफोड गरेको हो ।

वडाध्यक्ष केसीले सुरक्षाजाँचका लागि राखिएको ढाट हटाउन ढिलाई गरेको भन्दै झगडा सुरु गरेका थिए । अस्थायी प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर साउदले वडाध्यक्षसहित २० २५ जनाको समूहमा आएका युवाले आफ्नो बर्दी च्यातेको र दुई जना प्रहरीलाई कुटपिट गरेको जानकारी दिए ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले प्रहरी चौकी तोडफोडमा संलग्न वडाध्यक्ष केसी सहित अरुको पनि खोजी भइरहेको बताए ।

अत्याधिक मदिरा सेवन गरेका वडाध्यक्षसहितको टोलीले प्रहरी र प्रहरी भाडामा बसेको घरमाथी ढुङ्गामुढा प्रहार गरेका थए ।

प्रतिक्रिया दिनुहोस
Advertisement