गैरहाजिर भएका २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन


काठमाण्डु – बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीहरुलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालय नक्सालले निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले साेमबार सूचना जारी गरी गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन भनेको हो । अन्यथा सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

गैरहाजिर हुनेमा प्रहरी जवानदेखि हवल्लार तथा सहायक नीरिक्षकसम्म २२ जना छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement