प्रहरी चौकी आक्रमण : घाइते असईलाई उपचारका लागि काठमाडौं ल्याइयो


काठमाडौं – मध्यराति अज्ञात समूहको आक्रमणबँट घाइते भएका प्रहरी सहायक निरीक्षक (असई) सन्तोषकुमार झालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीका इन्चार्ज असई झालाई स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि उपचारका लागि काठमाडौं ल्याइएको हो । घाइते असईको नेपाल प्रहरी अस्पतालमा उपचार भईरहेको छ ।

शुक्रबार राति मोटरसाइकलमा आएका १२–१५ जनाको समूहले सिन्धुपाल्चोकको मेलम्ची पाँचपोखरीथाङपाल गाउँपालिका वडा नम्बर ८, तिपेनी खाल्डेमा रहेको प्रहरी चौकीमा आक्रमण गरेका थिए ।

सोही आक्रमणबाट झासहित अर्का प्रहरी हवल्दार हरिबहादुर घाइते भएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रज्ज्वल महर्जनले जानकारी दिए । हवल्दार मगरको भने मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement