प्रहरीमा उच्च तहमा बढुवा नहुदा निराशा, यी हुन् एआईजी र डिआईजीको बढुवाका प्रतिस्पर्धी


काठमाडौ– सरकारले अर्को व्यवस्था नगरेसम्म यतिबेला नेपाल प्रहरीमा प्रहरी महानीरिक्षक सहित १५ एआइजीहरूको दरवन्दी खाली भएको छ । निवर्तमान प्रहरी महानीरिक्षक(आइजीपी) प्रकाश अर्यालसहित सबै प्रहरी अतिरिक्त महानीरिक्षक (एआइजी) र केही प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरूले अवकाश पाएपछि एआइजी र डिआईजीको दरवन्दी खाली भएको हो ।

सरकारले नयाँ आइजीपीमा सर्वेन्द्र खनाललाई बढुवा गरीसकेको छ । बढुवा र अवकाससँगै एआइजी र डिआइजीको दरवन्दी भने खाली भएको छ । २९ चैतदेखि नयाँ आइजीपी खनालले प्रहरी संगठनको नेतृत्व सम्हालेका छन् ।

प्रहरी नियमावली अनुसार २९ चैत २०४४बाट प्रहरी सेवामा प्रवेश गरेका सबै अधिकृतहरूले ३० बर्षे सेवा अवधिका कारण २८ चैतबाट अवकाश पाएका हुन् । एआइजीहरू जयबहादुर चन्द, बमबहादुर भण्डारी, रणबहादुर चन्द, कमलसिंह बम, माधव नेपाल, हेमन्त पाल, पशुपति उपाध्याय, देवेन्द्र सुवेदी, केशरीराज घिमिरे, माधव जोशी, विजयलाल कायस्थ, मधु पुडासैनी, पंकज श्रेष्ठ, मिङ्मार लामा, विजयराज भट्टले एआइजीबाट अवकाश पाए भने डिआइजीहरू भोगबहादुर थापा, गणेश केसी, केदारमानसिंह भण्डारी, रमेश भट्टराई, पुष्पचन्द्र रञ्जित, पुस्कलराज रेग्मी, सुवोध घिमिरेले अवकाश पाएका छन् ।

यसअघि २९ चैत २०४४ सालमा सेवा प्रवेश गरेका कृष्णप्रसाद गौतम, बलराम शर्मा पौडेल, विष्णुहरि गौतमले पनि एसएसपीबाट अवकाश पाइसकेका छन् । एक वर्ष अघि सोही समूहका यादवराज खनाल, लव विष्टले अवकाश पाइसकेका छन् । खाली रहेको दरबन्दीमा पनि समयमा बढुवा नहुँदा उच्च अधिकारीको वृत्तिविकासमा समस्या हुने देखिएको छ । यसले गर्दा उच्च प्रहरी अधिकारीहरूमा समेत निराशा छाएको छ ।

२९ चैतमै नेपाल प्रहरीको २६ औं आइजीपीको रूपमा २९ माघ २०४६ मा सेवा प्रवेश गरेको समूहले कार्यभार सम्हाल्ने मौका पाउदा केही एसपीमा केही एसएसपी र केही डिआइजीमै थन्किएका छन् । यसपटक डीआईजीको रिक्त दरबन्दीमा बढुवा हुंदा एकैपटक तीनवटा ब्याच बढुवा हुन सक्छन् । २९ चैतपछि बढुवाको निर्णय हुने हो भने १२ जना एसएसपीले डीआईजी हुने अवसर पाउनेछन् ।

त्यस्तै १७ जना एसपी एसएसपी हुनेछन्, ३० डिएसपीहरू एसपीमा बढुवा हुनेछन् । एआइजीमा भने उत्तम कार्की, धिरू बस्नेत, ठूले राई मनोज न्यौपाने पुस्कर कार्की लगायतको दावी छ । तर सरकारले संघीय प्रहरी ऐन पास गरेपछि मात्रै एआइजीमा बढुवा गरेको खण्डमा तीन वटा मात्रै दरबन्दी कायम हुने देखिन्छ । डिआइजी रमेश खरेलको राजिनामापछि थप एक जनालाई एआइजीमा बढुवा गर्न सहज हुने भएको छ ।

उत्तम कार्कीको बढुवा रोकिने खतरा पनि बढेको छ । उनी आउने असारमै घर जाने भएकाले उनको बढुवा तत्काल रोकिने अवस्था सिर्जना हुनसक्ने प्रहरी अधिकारीहरू बताउँछन् । अघिल्लो पटक डिआइजी हुनबाट छुटेका दिनेश अमात्य र केदार रिजाल, पिताम्बर अधिकारी डिआइजीमा बढुवा हुनेछन् ।

एसपीबाट एसएसपीमा बढुवाको लागि सहकुल बहादुर थापा, अरूणकुमार बिसी, विभूतिराज पाण्डे, दिलीपबहादुर बस्नेत, राजेन्द्रप्रसाद चौधरी, प्रकाश अधिकारी, राजेन्द्र ढकाल, शरदकुमार खत्री, पूजा सिंह, सुशीलकुमार यादव, नरबहादुर खत्री, हरिराज वाग्ले, प्रदीपकुमार श्रेष्ठ, वीरेन्द्र कुमार बस्याल, शेखर कोइराला, मो. साउद आलम खाँ, किशोर कुमार दाहाल, भोजजंग शाह, मोहनकुमार आचार्य, देवबहादुर बोगटी, नलप्रसाद उपाध्याय, मुकुन्दराज आचार्य र विक्रमबहादुर चन्द बढुवा हुनेछन् ।

डीएसपीहरू दीपकराज खरेल, गंगा पन्त, सोमेन्द्रसिंह राठौर, आभूषण तिम्सिना, बेलबहादुर पाण्डे भुपेन्द्र खत्री, शेखर खनाल, प्रवीण पोखरेल, विनोद सिलवाल, दीप शमशेर जबरा, रवीन्द्र रेग्मी, ओम अधिकारी, विश्व अधिकारी, रमेशकुमार बस्नेत, तारादेवी थापा, बसन्त रजौरे, भीमबहादुर दाहाल, सानुराम भट्टराई, अभिनारायण काफ्ले, मुकुन्द मरासिनी र रविकुमार पौडेल एसपी बढुवाका बलिया दाबेदार हुन् । उनीहरूसँगै हीराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, केदार खनाल, दिनेशराज मैनाली, वीरबहादुर ओली, गोपालचन्द्र भट्टराई, गोविन्द अधिकारी, सविन प्रधान लगायतको बढुवा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement