३ सय १ प्रहरीमा कोरोना संक्रमण, सबैभन्दा बढी प्रहरी हेडक्वाटरका संक्रमित


काठमाण्डु – कोरोना भाइरस संक्रमणदर वृद्धि भएसँगै मुलुकका विभिन्न स्थानका ३ सय १ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितमा सबैभन्दा बढी प्रहरी प्रधान कार्यालयका मात्रै ७५ जना रहेका प्रहरी प्रवक्ता (एसएसपी) कुवेर कडायतले जानकारी दिए ।

हाल प्रहरी प्रधान कार्यालयका ७५, काठमाण्डु उपत्यकाका ९, प्रदेश १ का ३७, प्रदेश २ का २३, गण्डकी प्रदेशका ३९, प्रदेश ५ का ७ र सुदूरपश्चिम प्रदेशका एकजना संक्रमित प्रहरीको उपचार भइरहेको छ । जसमध्ये १ सय १० जना डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement