ड्युटीमा खटिएका प्रहरीलाई १ सय रुपैयाँ घुस दिन खोज्ने पक्राउ


काठमाडौं – प्रहरीलाई घुस दिन खोज्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ । ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.४ ख ८५७३ नम्बरको ट्रिपरका चालक धादिङ थाक्रे गाउँपालिका घर भएका २६ वर्षीय वीरबहादुर तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-१४ ढुङ्गेअड्डा जाने पुल नजिक महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीले उक्त ट्रिपर जाँच गर्ने क्रममा रुट परमिट नभएको कारण कारवाहीबाट बच्न चालक तामाङले प्रहरीलाई नगद १ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement