नेपाल प्रहरीमा डिआईजी बढुवा सिफारिस, एक नम्बरमा कुंवरले बाजी मारे


काठमाण्डु – नेपाल प्रहरीका डिआईजीहरुको बढुवा सिफारिस भएको छ । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको बुधवार बसेको बैठकले नेपाल प्रहरीका १७ एसएसपीहरुको डिआईजीमा बढुवा सिफारिस गरेको हो ।

बढुवामा हुनेमा एसपीपीहरु वसन्त कुवर, टेकप्रसाद राई, अशोक सिंह,दीपक थापा, श्याम ज्ञवाली,किरण बज्रचार्य, सन्दिप भण्डारी,सुदिप गिरी, मिरा सिंह, टेक तामाङ,उमेश जोशी र भिमप्रसाद ढकाल रहेका छन् ।

त्यसैगरी रामदत्त जोशी, पोषराज पोखरेल,बुद्धिराज गुरुङ,दुर्गा सिंह र किरण राणा डिआईजीका लागि बढुवा सिफारिस भएका छन् ।

बढुवाको सूचिमा एक नम्बरमा रहेका सन्दिप भण्डारीलाई ७ नम्बर पुर्याइएको छ । वरियतामा १९ नम्बरमा रहेका र विवादित पृष्ठभुमिका एसएसपी अशोक सिंहलाई भने बढुवाको ३ नम्बर सूचीमा राखिएको छ ।

सिंह काठमाण्डौं प्रहरी प्रमुख हुंदा जुवाखालमा चोरी भएको चेकसम्बन्धी उजुरीमा गलत मनसाय राखेर अनुसन्धान गरको भन्दै उनलाई कारबाही सिफारिस भएको थियो । नेपाल प्रहरीका डिआईजी राजेशलाल कर्ण नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमा उनलाई कारबाही गर्न सिफारिस गरेको हो । उनलाई प्रधानमन्त्री पत्नी आरजु राणा र उनका भाई भुषण राणाको जोडबलमा अघि ल्याइएको हो ।

नेपाल प्रहरीमा हालका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आगामी चैत्र १० मा अवकास पाएपछी अहिले डिआईजी हुनेमध्येबाट भावी प्रहरी महानिरीक्षक बन्ने भएकाले बढुवामा सकस भएको हो । अहिलेको ब्याचबाट आईजीपी बन्ने अधिकृत नै यही नियम रहेको खण्डमा आगामी ०८१ चैत्र ४ सम्म आईजीपीको पदमा बस्नेछ ।

प्रहरीमा लामो समयदेखी डिआईजीको पद रिक्त भएपनि गृहमन्त्री बालकृष्ण खांड, प्रहरी महानिरीक्षक सिंह र बालुवाटारबीच कुरा नमिल्दा बढुवा लामो समयदेखी रोकिएको हो । गृहमन्त्री खांड प्रहरीको बढुवा र सरुवामा बालुवाटारको अघि निरिह बन्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement