अपराध महाशाखाको नेतृत्व परिवर्तनसँगै किन हुन्छ ‘इन्काउन्टर’ ?


काठमाडौं– ‘इन्काउटर भन्नु नै गलत हो। एउटा अपराध लुकाउन अर्को अपराध गर्नु नै कानूनको उल्लंघन हो। यस्ता दोषीहरूलाई पक्राउ गरी अपराधको जालो भत्काउने र यस्ता क्रियाकलाप दोहरीनुबाट रोक्नु पनि प्रहरीको दायित्व हो,’ राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीको ट्वीट हो, यो।

काँडाघारीस्थित हाइल्यान्ड स्कुलमा कक्षा ६ मा अध्ययनरत निशान खड्काको अपहरण गरेर हत्या गरेको अभियोगमा महानगरीय अपराध महाशाखाको टोलीले सोमबार गोपाल तामाङ र अजय तामाङको ‘इन्काउन्टर’ गरेपछि अन्सारीले यस्तो ट्वीट गरेकी हुन्।

घटनाका प्रत्यक्षदर्शी एवं स्थानीयबासिन्दा पटक पटक भन्दै आएका छन्,‘इन्काउन्टरमा मारिएका भनिएकाहरुलाई प्रहरीले आइतबार सानोठिमीस्थित उनीहरु बस्दै आएको श्याम लावटको घरबाट रातो गाडीमा हालेर जंगलतर्फ लगेको थियो। केही छिनमै इन्काउन्टर भनियो।’

इन्काउन्टरमा मारिएका भनिएका डेरा बसेको घरसँगैको कोठामा बस्दै आएका प्रसन्न रिमाल पनि प्रहरीले बाहिरबाट ल्याएको देखेको सञ्चारमाध्यमसँग बताएका छन्।

तर, प्रहरीले भने सूूर्यविनाकस्थित पाइलट बाबाको आश्रम जाने जंगलमा दोहोरो मुठभेडमा उनीहरूको ज्यान गएको दाबी गर्दै आएको छ।

सुरक्षाका जानकारहरू भन्छन्, ‘इन्काउन्टर अन्तिम समयमा मात्र गरिन्छ,जब अनुसन्धानमा खटिएका सुरक्षाकर्मीको ज्यान खतरामा पर्छ। होइन भने प्रहरीले अपराधीलाई पक्राउ गर्नुपर्छ।’

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी पनि नेपालको संविधानले नै मृत्युदण्ड रोकेकाले प्रहरीले कानन हातमा लिन नमिल्ने तर्क गर्छन।

ती दुुई जनालाई इन्काउन्टर गरेसँगै अपहरण घटनाको प्रमाण नस्ट हुनुुका साथै च्याप्टर क्लोज भएको पूूर्वप्रहरी अधिकारी बताउँछन्। एक पूूर्वप्रहरी अधिकारीले भने, ‘प्रहरीले ती दुुई जनालाई पक्राउ गरेर अनुुसन्धान थालेको भए– अपहरणको कारण मात्र पत्ता लाग्दैनग्थ्यो। घटनासँग जोडिएका अन्य पक्षको पनि उजागर हुन्थ्यो। तर, प्रहरीले इन्काउन्टर नै गरिदियो।’

सेलिब्रेटी बन्न ‘इन्काउन्टर’
प्रहरी शान्तिसुरक्षा कायम गर्ने,अपराधीलाई कानूनी कटघरामा उभ्याउने जिम्मेवारी पाएको निकाय हो नकी न्यायिक निकाय। न्यायको इन्साफ गर्ने निकाय अदालत हो।

नेपालमा जतिसुकै क्रुरु अपराध गरेपनि मृत्युुदण्ड दिन पाइँदैन्। बलात्कार, हत्या लगायतकाका केही जघन्य अपराधमा अदालतले जन्मकैद तोक्न सक्छ। तर, अपराध अनुसन्धान महाशाखामा नयाँ प्रहरी हाकिम आएपछि ‘इन्काउन्टर’ भएको देखिन्छ– पछिल्लो चार वर्षयता।

कुनै बेला नेपाल प्रहरीभित्र सेलिब्रेटी रहेका वर्तमान आइजीपी सर्वेन्द्र खनाल महाशाखा प्रमुख हुँदा पनि ‘इन्काउन्टर’ भएको थियो–३ भदौ २०७२ मा कुमार घैंटेको। त्यसअघि पुस्कर कार्कीले कमाण्ड सम्हाल्दा पनि २३ साउन २०७१ दीनेश अधिकारी ‘चरी’ को इन्काउन्टर भएको थियो। यसैगरी, महाशाखाको कमाण्ड दिनेश अमात्यले सम्हाल्दा पनि २३ साउन २०७४ मा लागूऔषध कारोबारी प्रवीण खत्रीको ‘इन्काउन्टर’ भएको थियो।

महाशाखाका तत्कालीन प्रमुख हाल ३३ किलो सुुनकाण्डमा पुुर्पक्षका लागि थुुनामा रहेका दीवश लोहनीको पालामा ‘असफल इन्काउन्टर’ भएको थियो। १५ माघ २०७४ मा उनीमाथि महाशाखाले इन्काउन्टर गर्न खोजेकोमा घाइते भएका थिए।

हाल महाशाखाको कमाण्ड एसएसपी धीरजप्रताप सिंहले सम्हालेका छन्। उनी महाशाखामा आएको ६ महिनामा सोमबार इन्काउन्टर भएको हो।
उसो त उनी सिंह आएको ३ महिनामा महाशाखाको प्रहरी टोलीले काभ्रेका अशोक लामामाथि गोली प्रहार गरेको थिया गुन्डागर्दीको आरोपमा उनीमाथि २८ जेठ २०७५ मा युएन पार्कमा गोली प्रहार भएकोमा घाइते भएका थिए।

७ असारमै महाशाखाको प्रहरी टोलीले खुँडे भनिने अम्बरबहादुर तामाङलाई बौद्धमा गोली प्रहार गरेको थियो। तर,उनी घाइते भए।

एसएसपीद्वय विश्वराज–धीरजप्रतापबीच जस लिने होड
अहिले काठमाडौं प्रहरी परिसरको नेतृत्व एसएसपी विश्वराज पोखरेल र महानगरीय अपराध महाशाखाको नेतृत्व एसएसपी धीरजप्रताप सिंहले सम्हालिरहेका छन्।
बालक निशानको अपहरणमा संलग्नलाई इन्काउन्टर गर्दा महाशाखाको टोली मात्र थियो। तर, बालक अपहरणमा परेपछि परिसर र महाशाखाबाट छुट्टाछुट्टै टोली खटिएपनि उनीहरुबीच समन्वय नै नभएको स्रोतले जनाएको छ।

अनुुसन्धानका क्रममा प्राप्त सूचना समेत एक अर्कालाई आदनप्रदान भएको थिएन। सिंहले प्रचारपसार बढी गरेको र सूूचना लुकाएको भन्दै पोखरेल उनीप्रति रुष्ट बनेका छन्। दुुबै प्रहरी अधिकारी उक्त घटनाको अनुसन्धानको जस लिने होडमा थिए। तर,महाशाखाको टोलीले सफलता गरेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement