प्रहरी जवान खुल्ला प्रतियोगिताको नतिजा सार्वजनिक

प्रहरी जवान खुल्ला प्रतियोगिताको नतिजा सार्वजनिक


काठमाडौं – नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा खुल्ला प्रतियोगितामा प्रहरी प्रधान कार्यालयबाट २०७५ असोज १५ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई सम्पूर्ण परीक्षामा उत्तीर्ण उम्मेदवारहरुको अन्तिम नतिजा सोमबार सार्वजनिक भएको छ ।

नतिजा अनुसार कुल ५ हजार ६ सय ९८ जना उत्तीर्ण भएका छन् । तीमध्ये खुल्लातर्फ ३ हजार ७ सय ५४, महिलातर्फ ५ सय ५ जना, आदिवासी जनजातितर्फ ५ सय ४० जना, मधेसीतर्फ ४ सय ९८ जना, दलिततर्फ २ सय ७५ जना, पिछडिएको क्षेत्रतर्फ १ सय २१ जना र अमर र अशक्त प्रहरी परिवारतर्फ ५ जना रहेका छन् ।

कुल उत्तीर्णमध्ये जम्मा ८ सय महिला र ४ हजार ८ सय ९८ पुरुष रहेका छन् । प्रतियोगितामा जम्मा ४१ हजार ८ सय ७१ जनाले दरखास्त दिएका थिए । साथै अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लगि सिफारिस भएका मुख्य उम्मेदवारहरुले आवश्यक कागजात सहित २०७६ साउन १ गते बुधबार सम्बन्धित परीक्षा केन्द्रमा सम्पर्क राख्न सूचित गरिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभाग, भर्ना तथा छनौट महाशाखाले जनाएको छ ।

साथै प्रहरी जवान पदको अन्तिम नतिजा तथा विस्तृत जानकारी नेपाल प्रहरीको वेबसाईटमा समेत राखिएको छ ।

प्रहरी जवान (जनपद) पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना (२०७६-०३-२३)