गोठाटारमा गोली चल्यो,भारतीय नागरिक घाइते


काठमाण्डु – काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागु औषध कारोबारीलाई पक्राउ गरेको हो ।

भारतीय नागरिक मोहमद करिमलाई नियन्त्रणमा लिने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको एसपी रबिन्द्र रेग्मीले जानकारी दिए । उनकाे साथबाट लागूऔषध तथा पेस्तोल पनि बरामद गरिएकाे छ ।

करिमकाे दाहिने दिघ्रामा गोली लागेको छ। उनलाई उपचारका लागि प्रहरीले तीनकुनेस्थित कान्तिपुर अस्पताल लगेको प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस
Advertisement