बिरामीमा कोरोना देखिएपछि प्रहरी अस्पताल सिल, नर्स र डाक्टर क्वारेन्टाइनमा


काठमाडौं – काठमाडौंको महाजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा तीन जना कोरोना संक्रमित फेला परेपछि अस्पताल सिल गरिएको छ । शनिबार काठमाडौंमा चार जना कोरोना संक्रमित फेला परेका थिए । जसमध्ये तीन जना प्रहरी अस्पतालमा उपचाररत बिरामी रहेका थिए ।

अहिले अस्पतालमा सङ्क्रमितको सम्पर्कमा आएका ३० जना चिकित्सक र नर्सलाई क्वारेन्टाइनमा राखिएको नेपाल प्रहरी अस्पताल प्रमुख एआइजी आशा सिंहले जानकारी दिइन् ।

उनले अस्पताललाई डिसइन्फेक्ट गरेर सञ्चालनमा ल्याइने बताइन् ।  अहिले दुई जनालाई सशस्त्र प्रहरीको बलम्बुस्थित कोरोना विशेष अस्पतालमा लगिएको छ ।

बाँकी एक जनालाई भने त्रिवि शिक्षण अस्पताल टिचिङ अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement