जनकपुरमा व्यापारी कुट्ने प्रहरी प्रदेश कार्यालय तानिए


काठमाडौं – जनकपुरका दुई जना प्रहरी प्रदेश प्रहरी कार्यालय तानिएका छन् । लकडाउन उल्लंघन गर्ने व्यापारी र सर्वसाधरण कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई)र जवानलाई प्रदेश प्रहरी कार्यालय तानिएका हुन् ।

प्रदेश प्रहरी प्रमुख डीआइजी धीरजप्रताप सिंहले जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत असई मेरुलाल गुप्ता र जवान दीपक यादवलाई घटनाबारे छानिबन गर्न प्रदेश प्रहरी कार्याल्य तानिएको बताए ।

घटनाबारे थप अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक जयराज सापकोटाको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement