मकवानपुरमा गाँजा जलाएर फर्किएको प्रहरी टोलीमाथि हातपात


हेटौंडा –  मकवानपुरमा गाँजा जलाएर फर्किएको प्रहरी टोलीमाथि हातपात भएको छ ।

शनिबार साँझ  गाँजा नष्ट गरी कार्यालय फर्किने क्रममा इलाका प्रहरी कार्यालय, नेवारपानीबाट खटिएको प्रहरी टोलीमाथि हातपात भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

जिल्लाको राक्सिराङ गाउँपालिका–१, गाल्छाराङस्थित बारीमा लुकाइ राखेको १८ क्विन्टल गाँजा प्रहरीले जलाएर नष्ट गरेको थियो ।

डिएसपी रानाले प्रहरी तथा प्रहरीको गाडीमा स्थानियले हातपात गरेपछि स्थितिलाई नियन्त्रणमा लिन दुई राउन्ड हवाइ फायरसमेत गरिएको जानकारी दिए ।

प्रहरीको काम कारबाहीमा बाँधा पु¥याउने आरोपमा प्रहरीले राक्सिराङ गाउँपालिका–१ का ४३ वर्षीय कान्छालाल रूम्बालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement