नेपाल प्रहरीले भित्र्यायो मोबाइल फोरेन्सिक भ्यान


काठमाडौं – अपराध भएको स्थानमा नै पुगेर शुष्म अनुसन्धान गर्नका लागि नेपाल प्रहरीले अत्याधुनिक मोबाइल फोरेन्सिक इन्भेष्टिकेशन भ्यान भित्र्याएको छ । नेपाल प्रहरीले पहिलो पटक भित्र्याएको भ्यान प्रहरी प्रधान कार्यालयले महानगरीय अपराध महाशाखालाई हस्तान्तरण गरेको छ। ९६ लाखमा सयोन इन्टरप्राइजेजमार्फत उक्त भ्यान खरिद गरिएको हो।

विहीबार प्रहरी प्रधान कार्यालयमा भएको एक कार्यक्रममा आइजिपी सर्वेन्द्र खनालले अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहलाई अत्याधुनिक मोबाइल फोरेन्सिक इन्भेष्टिकेशन भ्यान हस्तान्तरण गरे। फोर्स कम्पनीको बा १ ग ३४२६ नम्बरको उक्त भ्यान ४ सिट क्षमताको छ। ४५ लाख बराबरका फरेन्सिक कीटका सामानहरु समते खरिद गरी उक्त गाडीमा जडान गरिएको छ।

अपराध अनुसन्धानका लागि चाहिने अतिआवश्यक सामानहरु समेत राखिएको उक्त भ्यान घटना हुनासाथ तत्कालै घटनास्थलमा परिचालन गरिन्छ। भ्यान तुरुन्त घटनस्थल पुग्ने भएकाले सबुत प्रमाण जोगाएर राख्न, अपराध अनुसन्धान सहयोग पुग्ने प्रहरीले विश्वास गरेको छ। अपराधीको फिंगर प्रिन्टपनि अब पुरानो ढंगबाट भन्दा नयाँ ढंगबाट लिन सकिने उपकरण भ्यानमा भएको उनले बताए। भ्यानबाट अनसन्धान गर्न प्रहरीले सुरुवाती चरणमा ११ जना प्रहरीलाई तालिम दिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement