दुबई, कतार लगायत ७ देशमा प्रहरी सहचारी राख्ने तयारी


काठमाण्डु – नेपाल प्रहरीले विभिन्न ७ देशमा शर्मा प्रहरी सहचारी (कन्सुलर) राख्न प्रस्ताव गरेको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले नेपाली कामदारका प्रमुख रोजगार गन्तव्य देशमा प्रहरी सहचारी (कन्सुलर) राख्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

उनले संयुक्त अरब इमिरेट्स (यूएई), कतार, साउदी अरेबिया र मलेसियासहित ७ देशमा प्रहरी सहचारी राख्न प्रस्ताव गरिएको बताए । ती देशमा रहेका नेपालीहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रहरी सहचारी राख्ने बताइए पनि मुलतः आपराधिक विषय जोडिएका व्यक्तिलाई स्थानीय प्रहरीको सहकार्यमा पक्राउ गरी स्वदेश ल्याउने प्रमुख उद्देश्यले प्रहरी सहचारी राख्न लागिएको बताइएको छ ।

हाल छिमेकी भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासमा मात्र प्रहरी वरिष्ठ उपरीक्षकको दरवन्दीमा प्रहरी सहचारी कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement