३ नम्बर प्रदेश प्रहरी प्रमुख थापाद्धारा नवनिर्मित कार्यालय भवन उद्घाटन


सिन्धुपाल्चोक – ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक कुमार थापाले सिन्धुपाल्चोकस्थित प्रहरी चौकी मुडेको नवनिर्मित कार्यालय भवन, ब्यारेक तथा शौचालयको उद्‍घाटन गरेका छन् ।

बुधबार आयोजित एक कार्यक्रमबीच महानिरीक्षक थापाले नवनिर्मित कार्यालय भवन, ब्यारेक तथा शौचालयको उद्‍घाटन गरेका हुन् ।

सो अवसरमा महानिरीक्षक थापाले उक्त चौकी निर्माण कार्यमा सहयोग गर्ने जग्गादाता, निर्माण व्यवसायी र प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान गरका थिए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, संघीय प्रहरी ईकाइ कार्यालय काभ्रेका प्रमुख, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, गाउँपालिकाका अध्यक्ष, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, संघसंस्थाका प्रमुखहरु, समाजसेवी, बुद्धिजिबी, भद्र भलादमी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement