घुस माग्ने ट्राफिक वृत गंगबुका ४ जना प्रहरी पक्राउ


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय ट्राफिक प्रहरी नयाँ बसपार्क, गंगबुका ४ जना प्रहरीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रहरी जवान देबेन्द्र बलायर, प्रहरी जवान अकाश खनाल, प्रहरी जवान निरज भण्डारी र प्रहरी जवान हिटलर साउद रहेका छन् ।

उनीहरुले सवारी दुर्घटनाको पुलिस रिपोर्ट बनाईदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि आयोगद्धारा खटिएको टोलीले उनीहरुलाई सोमबार पक्राउ गरेको अख्तियारले जनाएको छ ।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा चारै जनालाई जनही १ लाख बिगो र कानुन अनुसार सजाय मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement