प्रहरीले बरामद गरेको १५ केजी सुन नक्कली


काठमाण्डु – नेपाल प्रहरीले बरामद गरेको करिब १५ केजी सुन नक्कली रहेको बताइएको छ ।

मंगलबार बिहानै कमलादीस्थित कृष्ण पाउरोटीनजिकै एउटा स्कर्पियो गाडी चेकजाँचका क्रममा बरामद गरेको उक्त सुन परीक्षणका क्रममा एक पिस बाहेक अरु सबै नक्कली भएको प्रहरीले जनाएको छ ।

सुनसहित प्रहरीले दुई थान पेस्तोल समेत बरामद गरेका छन् । सो एक पिसमा कति सुन रहेको छ भन्ने बारेमा महानगरीय प्रहरी परिसर काठमाण्डुले विस्तृत विवरण केहिबेरमा सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement