खुला भाँडोमा पेट्रोलियम पदार्थ बेच्न प्रहरीले लगायो रोक


काठमाण्डु – नेपाल प्रहरीले खुला भाँडो, बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न पम्प सञ्चालकहरूलाई आग्रह गरेको छ।

काठमाडौंका केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरिएको पाइएकोले रोक लगाइएको प्रहरीले जनाएको छ।

पम्पहरुबाट खुला रुपमा बोतल, जर्किनलगायतका भाँडोमा अतिप्रज्वलनशील पेट्रोलिय पदार्थ बिक्री गरेको पाइएकाले काठमाडौं प्रहरी परिसरको गम्भिर ध्यानकर्षण भएको भन्दै परिसरले तत्काल त्यसी बिक्री वितरण गर्ने कार्य बन्द गर्न निर्देशन दिएको हो।

एक सूचना जारी गर्दै परिसरले त्यसरी बिक्री भएको पेट्रोलियम पदार्थबाट मानवीय एवं भौतिक क्षति हुने भएकाले सुरक्षा संवेदनशीलताका लागि सवारी साधनमा भर्नेबाहेक खुला भाँडोमा बिक्री नगर्न निर्देशन दिएको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement