पाँच वर्षपछि बढ्यो प्रहरीको रासनभत्ता


काठमाडौं – नेपाल प्रहरीको रासनभत्ता बढ्ने भएको छ । पाँच वर्षपछि सरकारले साउन १ गते देखि लागू हुने गरी  रासनभत्ता बढाएको हो । सरकारले आगामी वर्षका लागि प्रहरीको रासनभत्तामा ४ अर्ब ६४ लाख रुपैयाँ बजेट छुट्याइसकेको छ ।

प्रहरीको बजेट महाशाखाका प्रमुख एसएसपी दीपक थापाले साउनदेखि नयाँ दरअनुसार प्रहरीले रासनभत्ता पाउने बताए । उनले भने, ‘बजेट आइसकेको छ, नयाँ दर स्वीकृतिका लागि प्रक्रिया अघि बढिसकेको छ ।’

उपत्यकामा कार्यरत प्रहरीले साउनदेखि दैनिक १९४ रुपैयाँ २९ पैसा रासनभत्ता पाउनेछन् । हाल उनीहरुले एक सय ७५ रुपैयाँ पाउँदै आएका छन् ।

त्यस्तै झापामा कार्यरत प्रहरीले १५७ पाउँदै आएकोमा १७९ रुपैयाँ ८० पैसा, इलाममा १ सय ६८ पाउँदै आएकामा २०० रुपैयाँ पाउनेछन् । ताप्लेजुङको ओलाचुंगोलामा कार्यरत प्रहरीले ४४४ पाउँदै आएकोमा अब ६१५ रुपैयाँ पाउनेछन् । पहाडी र हिमाली जिल्लाहरुमा खाद्यान्न महँगो हुने भएकाले रासनदर उच्च हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement