प्रहरी समायोजनको तथ्यांक तयार, केही दिनमै टुंगो लाग्छ : आईजीपी खनाल


काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपि) सर्वेन्द्र खनालले प्रहरी समायोजनको तथ्यांक तयार भएको बताएका छन् ।

बिहिबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै खनालले समायोजनको तथ्यांक तयार भइसकेको र समायोजन मार्फत प्रदेशमा २६ हजार प्रहरी पठाउन लागिएकाे जानकारी दिए । उनले सैद्धान्तिक कुरा मिल्नासाथ समायोजन गरिने बताए ।

समायोजन रोज्ने कर्मचारीहरुको दुई ग्रेड वा एक तह वृद्धि गरिएजस्तै प्रहरीको पनि तह बढुवा गर्नुपर्ने माग उठिरहेका बेला समायोजनका क्रममा बढुवा गर्न नसकिने गृह सचिव प्रेम राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement